काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को बिक्रीमा राखिएको शेयर खरिदका लागि निवेदन दिने आज असोज ८ गते अन्तिम दिन रहेको छ।
विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल रिको ७ लाख कित्ता शेयर गत भदौ ५ गतेदेखि लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो। यो शेयरमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ। खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलमा पेस गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।