IME Life New

लगानीकर्ताको विश्वास गुमाउँदै चीन, ५० अमेरिकी कम्पनीले बन्द गर्दै व्यापार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र चीनबीच व्यापारिक तनाव झनै बढ्न थालेको छ। चीनको बदलिँदो व्यापारिक वातावरणका कारण ५० अमेरिकी कम्पनीले त्यहाँबाट आफ्नो व्यापार बन्द गर्ने तयारी गरेका छन्।

अमेरिकन चेम्बर अफ कमर्स (एसीके)को ३०६ कम्पनीको प्रतिवेदनमा यस्तो दाबी गरिएको हो। प्रतिवेदनमा ५० कम्पनीको कुल लगानी १९.२ लाख करोड रुपैयाँ रहेको उल्लेख छ।

Esewa
Crest

प्रतिवेदनका अनुसार भारत अहिले मेक्सिको, अमेरिका र युरोपलाई पछि पार्दै लगानीकर्ताको शीर्ष रोजाइ बन्न पुगेको छ। गत वर्ष भारत लगानीका लागि पाँचौँ स्थानमा थियो भने यो वर्ष दोस्रो स्थानमा पुगेको छ। दक्षिण पूर्व एसिया पहिलो नम्बरमा छ। इन्डोनेसिया, सिंगापुर र मलेसिया अझै पनि लगानीकर्ताको रोजाइमा रहेका छन्। चीनले लगानीकर्ताको प्राथमिकता गुमाइरहेको छ।

व्यवस्थापनसँग सम्बन्धित कम्पनीहरुको लागि भारतको प्राथमिकता निरन्तर बढिरहेको छ। अघिल्लो वर्ष चीनमा लगानी गर्ने योजना बनाएका ४० प्रतिशत अमेरिकी कम्पनीहरुले अहिले भारतमा लगानी गर्ने विचार गरिरहेका छन्। विशेषगरी व्यवस्थापन परामर्श क्षेत्रमा ५४ प्रतिशत कम्पनीले आफ्नो लगानीको दिशा भारततर्फ परिवर्तन गरेका छन्।

यसका साथै गार्मेन्ट र उत्पादन क्षेत्रले पनि भारतमा लगानीका लागि प्राथमिकता दिएको छ। प्रतिवेदनमा समावेश गरिएका ३०६ अमेरिकी कम्पनीमध्ये अधिकांशले भारतमा लगानीका लागि अनुकूल वातावरण सिर्जना भइरहेको विश्वास गरेका थिए। भारतको ठूलो बजारले पनि उनीहरुलाई प्रोत्साहन गरिरहेको छ।

कोरोनापछि चीनमा लगानीको वातावरणमा धेरै ठूला परिवर्तन भएका छन्। जुन विदेशी कम्पनीहरुले मन पराउँदैनन्। सी जिनपिङको सरकारले बेरोजगारी र बुढ्यौली जनसंख्याजस्ता चुनौतीलाई सम्बोधन गर्न नीतिगत परिवर्तनहरु गरेको छ तर यी परिवर्तनले लगानीकर्ताको विश्वासलाई हल्लाएको छ।

चीनमा १६ देखि २४ वर्ष उमेर समूहका युवाको बेरोजगारी दर २१.३ प्रतिशत पुगेको छ। जुन ३ दशकयताकै उच्च हो। साथै, चीनको वृद्धावस्था पनि ठूलो समस्या बनेको छ। जसले उत्पादन क्षमतामा असर गरेको छ। यी आर्थिक र सामाजिक चुनौतीहरुबीच चीनको आर्थिक स्थायित्वमा पनि प्रश्नहरु छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS