IME Life New

सहकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक, को-को माथि भयो कारबाहीको सिफारिस ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं। सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समिति सहकारी संस्थाको रकम कानुनविपरीत गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भन्दै त्यसका पदाधिकारीमाथि कारबाही गर्न सिफारिस गरेको छ।

नेकपा (एमाले)का सांसद सूर्य थापा संयोजकत्वको छानबिन समितिले सहकारी संस्थाको रकम कानुनविपरीत गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भन्दै प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, प्रालिका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछाने र सञ्चालक छविराज जोशीमाथि कारबाही सिफारिस गरेको हो। प्रतिनिधिसभाले छानबिन समितिको प्रतिवेदन बिहीबार वेबसाइटमा राखेको छ।

Crest

सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मी, सहारा र सानोपाइला सहकारीबाट कानुनविपरीत गोर्खा मिडियामा रकम प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ। सञ्चालक तथा निर्णय प्रक्रियामा संलग्नमाथि कारबाही गर्न पनि सिफारिस गरिएको छ।

समितिले सहकारी संस्था र गोर्खा मिडिया कारोबारमा सञ्चालक र नियामक निकायहरुमाथि पनि प्रश्न उठाएको छ। सहकारी संस्थाका बचत रकम कम्पनीमा लगानी गर्ने नमिल्ने भए पनि गोर्खा मिडियामा सहकारीको बचत आएको देखिएको प्रतिवेदनमा किटान गरिएको छ।

पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीलगायतबाट गोर्खा मिडियामा नियमितजसो रकम प्रवाह भइरहेको पाइएको प्रतिवेदनमा जनाइएको छ।

सहकारीको पैसा आएको विषयमा गोर्खा मिडिया सञ्चालकहरुले नै जानकारी नभएको बयान दिएको पनि प्रतिवेदनमा उल्लेख छ। ‘अरु त बेखबर रहे–रहे गोरखा मिडियाकै सञ्चालकहरुले सोधपुछका क्रममा आफूहरूलाई समेत उक्त रकम सहकारीबाट प्रवाह भएको कुरा आफूहरूलाई थाहा नभएको बताएका छन्’, प्रतिवेदनमा भनिएको छ, ‘कम्पनीको शेयर स्वामित्वसहितका सञ्चालकले कम्पनीमा आएको रकमका सम्बन्धमा के दायित्व रहन्छ भन्ने सम्बन्धमा प्रचलित कानुनी व्यवस्थाकै आधारमा व्याख्या होला। सोधपुछका क्रममा सञ्चालकमध्ये ३५ प्रतिशत स्वामित्व रहेका छविलाल जोशीले आफू गोरखा मिडिया नेटवर्कको दैनिक कार्य सञ्चालनमा नरहेकाले आर्थिक मामलामा जानकारी नरहेको बताएका छन्।’

त्यसैगरी १५ प्रतिशत शेयर स्वामित्व रहेका रवि लामिछानेले कम्पनीमा सम्पूर्ण रकमको जिम्मेवारी कार्यकारी अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले लिएको र उक्त जिम्मेवारी कम्पनीको लेखापरीक्षण प्रतिवेदन र व्यवस्थापन पत्रमा जीबी राईले गरेको प्रमाणीकरणले पनि पुष्टि हुने कुरा सोधपुछमा समितिलाई बताएका थिए। ‘समितिले सहकारी र कम्पनीका लेखापरीक्षकहरुसँग गरेको थप छलफलले पनि तत्कालीन अवस्थामा गोर्खा मिडियामा प्रवाह भएको रकम उक्त कम्पनीको बैंक स्टेटमेन्टमार्फत प्रत्यक्ष सहकारीबाट आएको नदेखिने र अध्यक्ष राईले सबै रकम आफ्नो जिम्मेवारीमा रहेको लिखित प्रतिबद्धता व्यक्त गरिसकेपछि सोहीअनुसार लेखापरीक्षण प्रतिवेदन तयार पारिएको जानकारी गराएका छन्।’

Sahakari Chhanbin samiti-pratibeshan Final

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS