IME Life New

लगानीकर्तालाई मालामाल बनाउँदै सेक्युर्ड सेक्युरिटिज, ६२% लाभांश पारित गर्न डाक्यो एजीएम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सेक्युर्ड सेक्युरिटिजले लगानीकर्तालाई बम्पर लाभांश वितरण गर्ने भएको छ। कम्पनीले १७ औँ वार्षिक साधारणसभा (एजीएम)बाट पारित गर्दै लगानीकर्तालाई चुक्तापुँजीको कुल ६२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले वार्षिक साधारणसभा आउँदो कात्तिक ८ गते आह्वान गरेको छ। सभा काठमाडौंको प्रदर्शनीमार्गस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो साढे ४ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि सञ्चालक समितिबाट प्रस्तावित चुक्तापुँजीको कुल ६२ प्रहरी लाभांश अनुमोदन गर्नेछ। जसमा ५० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित)ं रहेका छन्।

सभाले बोनस शेयर वितरणपछि चुक्तापुँजी बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा प्रशोधन गर्दै विशेष प्रस्ताव पनि पारित गर्नेछ। सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ।

चालु आर्थिक वर्षको लेखापरीक्षणका लागि केसी सापकोटा एन्ड एसोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

23%
happy

खुसी

0%
sad

दु :खी

8%
amazed

अचम्मित

8%
excited

उत्साहित

62%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS