IME Life New

शेयर बजार फेरि घटेकोमा अर्थमन्त्री चिन्तित, अफवाहको पछि नलाग्न लगानीकर्तालाई सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शेयर बजार फेरि तल झरेकोमा चिन्ता व्यक्त गरेका छन्।

आज दिउँसो नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कार्यालय पुगेर अर्थमन्त्री पौडेलले बजार फेरि घटेकोमा चिन्ता व्यक्त गरेका हुन्। ‘३०४० को नेप्से परिसूचक फेरि २५८० को विन्दुमा आएको छ, बजार घटेकोमा हामी चिन्तित छौँ’, उनले भने।

Esewa
Crest

अर्थमन्त्री पौडेलले सामाजिक सञ्जालहरु शेयर बजारका बारेमा फैलाइने अफवाहका विषयमा नियाममकहरु निगरानी बढाउनुपर्ने बताए। ‘लगानीकर्ता पनि त्यस्ता अफवाहका पछाडि लाग्नु भएन’, उनले भने, ‘जथाभावी बजारबारे बोल्नेमाथि सरकारले कारबाही गर्छ।’

अर्थमन्त्री पौडेलले नेप्सेको पुनर्संरचना गर्नुपर्ने पनि बताए। ‘प्रविधिको स्तरोन्नति गर्दै नेप्सेको पुनर्संरचना गर्नुपर्छ’, उनले भने, ‘त्यसमा सरकारले आवश्यक पहल गर्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS