काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ अंकले घटेर २,५७६ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६३ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कालिका लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । स्वरोजगार लघुवित्तका लगानीकर्ताले ७ दशलमव ९२ प्रतिशतका दरले कमाएका छन् । रावा इनर्जीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।