IME Life New

पठाओ नेपालले सुरु गर्यो पठाओ दशैं महोत्सव-२०८१

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले पठाओ दशैं महोत्सव २०८१ सुरु गरेको छ । महोत्सव असोज १७ गतेसम्म चल्ने कम्पनीले जनाएको छ ।

महोत्सवमा पठाओका राइडर, क्याप्टेन, पठाओ हिरो र पार्सल हिरोहरुले अधिक कमाई गर्न सक्ने कम्पनीले जनाएको छ । दशैं महोत्सव काठमाडौं उपत्यकामा मात्रै सञ्चालनमाा ल्याइएको हो । पठाओले राइड सेयरिङ सुविधा अहिले नेपाल भर दिएको भए पनि यो महोत्सव काठमाडौं उपत्यकाका लागि मात्र भएको उनले बताइन् ।

Esewa
Crest

साथै दैनिक एक प्रतिशत कमिसन अफरसमेत भएकाले यो महोत्सव चालकहरूका लागि थप कमाई गर्ने राम्रो अवसर भएको उनको भनाइ छ । दैनिक एक प्रतिशत कमिसन अफरमा चालकहरूले दैनिक राइड लिंदै जाँदा अफिसलाई तिर्नुपर्ने कमिसन घट्दै जाने र दैनिक एक प्रतिशतसम्म पुग्नेछ ।

लक्की ड्रमार्फत् धेरै राइड वा डेलिभरी गर्नेमध्ये तीन जना विजेता छनोट गरिने छ । विजेताले राम्रो रेन्ज भएको होण्डा साइन १२५ सीसी मोटरसाइकल उपहार पाउनेछन् । बम्पर उपहारको लक्की ड्रमा सहभागी हुनका लागि २१ दिन भित्र सबै राइडर, क्याप्टेन, पठाओ हिरो तथा पार्सल हिरोहरूले १७० भन्दा धेरै राइड या डेलिभरी, ७० प्रतिशत सीआर (कम्प्लेसन रेट) वा एसआर (सक्सेस रेट) पुरा गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS