IME Life New

ईसेवा महाउत्सवः ‘ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले दशैंतिहार तथा छठ पर्वको अवसर पारेर ‘ईसेवा महाउत्सवः ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत असोज १ गतेदेखि कार्तिक ३० गतेसम्म ई-सेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्ताहरूमध्ये एक भाग्यशाली प्रयोगकर्ताले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। कार जित्न योग्य हुनको लागि आफ्नो आवश्यकता अनुरूप ई-सेवाका जुनसुकै सेवाको प्रयोग वा ई-सेवाबाट कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिनेछ।

Esewa
Crest

साथै, १०० रुपैयाँको खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन १६ पनि जित्न सक्नेछन्। मात्र १०० रुपैयाँमा यो खेल खेल्न सकिने कम्पनीले जनाएको छ । त्यो रकम प्रयोगकर्ताहरूले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्। त्यसैगरी, दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिने छ।

दैनिक अफर अन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयको लागि फ्ल्यास सेलको रुपमा अफर आउने छ। उक्त सेलमा प्रयोगकर्ताहरुले तोकिएको समयमा अधिकतम छूट तथा क्यासब्याक पाउन सक्नेछन्।

साप्ताहिक रुपमा आउने अफरमा भने हरेक हप्ताको मंगलरबा ई-सेवाका विभिन्न सेवाहरु, मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, इस्पीकर खरिद, बीमा भुक्तानी लगायतका सेवाहरूमा विशेष छूट तथा क्यासब्याक पाउन सकिने छ।

यी अफरहरूबारे थप जानकारीहरु आफ्नो फेसबुक, इन्स्टाग्राम पेज लगायतका आधिकारिक सामाजिक सञ्जालहरू मार्फत प्राप्त गर्न सकिने कम्पनजीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS