IME Life New

राष्ट्रिय व्यवसायिक पहलको वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय व्यवसायिक पहलको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्धघाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको अत्यन्त ज्वलन्त मुद्दाहरूमा पहलले प्रशंसनीय कार्यहरू गर्दै आइरहेको बताए । उनले उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्याको पहिचान गरी मुलुकको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउन आजको प्रमुख चुनौती रहेको पनि बताए ।

अर्थतन्त्रको आधारको रुपमा रहेको निजी क्षेत्रका हरेक समस्या समाधानको लागि सरकार सदैव प्रतिबद्ध रहेको बताउँदै उनले निजी क्षेत्र र सरकार बीच विश्वासको वातावरण सृजना गरी एकता र सहकार्यमा जोड दिनुपर्ने बताए ।

Esewa
Crest

यसैगरी, पहलका अध्यक्ष कुशकुमार जोशीले सरकार र निजी क्षेत्रले सम्बोधन गर्न नसकेको क्षेत्रमा कार्य गरिरहेको उल्लेख गर्दै व्यवसायिक तथा सामाजिक जिम्मेवारी, आचार संहिताको निर्माण, व्यावसायिक वातावरणको विकास, मानव अधिकारका क्षेत्रमा सरकार र दातृ निकायसँगको सहकार्यमा कामहरु भइरहेको बताए ।

निजी क्षेत्रले व्यावसायकि सामाजिक जिम्मेवारी तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा उल्लेखनीय कार्य गर्ने व्यवसायलाई सम्मान गर्ने अभ्यासको थालनी पहलले गरेको भन्दै उनले आगामी दिनमा यस किसिमका सकारात्मक कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए ।

त्यस्तै संस्थाका संस्थापक अध्यक्ष पद्म ज्योतिले सशस्त्र द्वन्द्वको कहालीलाग्दो अवस्थामा शान्ति पुनर्स्थापनाका लागि पहलको उदय भएको बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले द्वन्द्वकालको समयमा उद्यमी व्यवसायीका लागि सहज वातावरण निर्माण गर्न पहलले खेलेको भूमिकाको प्रशंसा गरे ।

त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले व्यावसायिक वातावरण सुधारमा पहलको प्रभावकारी भूमिका रहेको बताए । उता महिला उद्यमी महासंघका अध्यक्ष शोभा ज्ञवालीले सबै जनताको आर्थिक सशक्तिकरण नभइकन शान्ति र समृद्धिको कल्पना गर्न नसकिने बताइन् ।

त्यस्तै नेपाल घरेलु तथा साना उद्योगका अध्यक्ष उमेश प्रसाद सिंहले घरेलु तथा साना उद्योगको समस्यालाई बुझेर सरकारले अघि सारेका स्वदेशी उत्पादन प्रबर्द्धन र स्टार्टअप सम्बन्धी प्रयासको प्रशंसा गरे ।

महासचिव सुरेन्द्रवीर मालाकारले आयव्ययको वार्षिक प्रतिवेदन पेश गर्दै मुलुकको वर्तमान विषम आर्थिक सामाजिक अवस्थामा समेत पहलले सक्रियताका साथ कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS