IME Life New

मूल्य समायोजनपछि भगवती हाइड्रोपावरको शेयरभाउ कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनस शेयरका लागि शेयरभाउ समायोजन गरेको छ।

नेप्सेले शेयरभाउ समायोजन गर्दै भगवती हाइड्रोपावरको प्रतिकित्ता ९१८.३७ रुपैयाँ कायम गरेको छ। सोमबारको अन्तिम कारोबार मूल्यअनुसार कम्पनीको शेयरभाउ प्रतिकित्ता ९५५.१० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको शेयर कारोबारमा आउनेछ।

Esewa
Crest

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न आउँदो असोज १६ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा काठमाडौंको नयाँबानेश्वर थापागाउँस्थित अर्पण ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८०।८१ को खुद मुनाफा र सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको कुल १४.७३६८ प्रतिशत लाभांश पारित गर्नेछ। जसमा ४ प्रतिशतले हुन आउने २ करोड २८ लाख ८२ हजार ६०० रुपैयाँबराबर बोनस शेयर र करसहित १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँबराबरको नगद लाभांश रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS