काठमाडौं । आज शेयर बजारमा भारी अंकले गिरावट आएको छ । आज शेयर बजार नेप्से परिसूचक ५७ दशलमव ०३ अंकले घटेर २,५८० को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २२७ कम्पनीकोशेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएकोे छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयसर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २७ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ नेपाल फाइनान्सको २० करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।