IME Life
GBIME

जाम्बियाका गैरआवासीय राजदूत चन्दद्वारा महासंघ अध्यक्षसँग भेटवार्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सी प्याटसन चन्दले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँग भेटवार्ता गरेका छन् । नेपालको निजी क्षेत्रको छाता संगठनका रुपमा रहेको महासंघका अध्यक्षसँग नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दले नेपालमा लगानी विस्तार, अवसर तथा सम्भावनाका क्षेत्रका बारेमा कुराकानी गरेका हुन् ।

महासंघका अध्यक्ष ढकाल र नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत चन्दबीच नेपाल र जाम्बियाबीच सहकार्यका नयाँ अवसरहरू खोज्ने, द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, लगानी विस्तार गर्ने लगायतका विषयमा कुराकानी भएको छ । दूबै देशको पर्यटन र खानी क्षेत्रलाई प्रवद्र्धन गरी आर्थिक विकासमा हातेमालो गर्ने विषयमा छलफल भएको नेपालका लागि जाम्बिया गणतन्त्रका अवैतनिक वाणिज्य दूत देशबन्धु बस्नेतले जानकारी दिएका छन् ।

Crest

जाम्बिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल उद्योग वाणिज्य महासंघबीच नयाँ अवसरहरुको खोजी गर्ने, द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने, लगानी विस्तार गर्ने तथा पर्यटन र खानी क्षेत्रको प्रवद्र्धनमा सहकार्य विषयमा समझदारी समेत बनेको छ । यसका लागि जाम्बिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र नेपाल उद्योग वाणिज्य महासंघबीच निकट भविष्यमै समझदारीमा औपचारिक हस्ताक्षर हुने जनाइएकबो छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS