IME Life
GBIME

फिनिक्स करिअर कनेक्सन र युनिभर्सल करिअर लिंक-२०८१ रोजगार मेला सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फिनिक्स करिअर कनेक्सन २०८१” र “युनिभर्सल करिअर लिंक २०८१” नामक रोजगार मेला सम्पन्न भएको छ । युवा विद्यार्थीको सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने उद्देश्यले उक्त रोजगार मेला आयोजना गरिएको हो ।

राजधानीको मैतीदेवीस्थति फिनिक्स कलेज अफ म्यानेजमेन्ट, युनिभर्सल कलेज र जब्स डाइनामक्सि प्रा.लि.सँगको संयुक्त आयोजनामा शुक्रबार रोजगार मेला सम्पन्न भएको हो ।

Crest

कार्यक्रममा पाँच दिनको करिअर ग्रुमिङ सत्रहरू समेत आयोजना गरिएको थियो । जसमा बायोडाटा लेखन, अन्तरवार्ता सामना गर्ने कौशल, रोजगार बजारको परदिृश्य बुझ्न र अन्य रोजगारसम्बन्धी सीप बृद्धि कार्यक्रमहरू समावेश रहेको थियो ।

मेलामा नेपालका ३० वटा कम्पनीहरू र भारतका चार वटा कम्पनीहरू सहभागी भएका थिए । यी कम्पनीहरूले निर्माण, प्रविधि, सेवा, व्यापार, कर्पोरेट घराना र ई-कमर्स जस्ता विभिन्न क्षेत्रहरूको प्रतनिधित्वि गर्दै कलेजका विद्यार्थीहरूलाई क्याम्पसमा रोजगारी र करियर अवसरहरू प्रदान गरेका थिए ।

कार्यक्रममा करिब २५० विद्यार्थीहरूले सहभागिता जनाएका थिए भने करिब ५६० भन्दा बढी वास्तविक समयमा अन्तरवार्ता सम्पन्न गरिएको थियो ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS