IME Life New

बोनस शेयरको करको भार लगानीकर्तामाथि थोपर्दै सीईडीबी हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले बोनस शेयरमा लाग्ने करको भार लगानीकर्तामाथि थोपर्ने भएको छ।

कम्पनी सञ्चालक समितिले दुई आर्थिक वर्ष २०७९।८० र २०८०।८१ का लागि हाल कायम चुक्तापुँजीको ११ प्रतिशतले हुन आउने १० करोड २४ लाख ९१ हजार ९६१ रुपैयाँबराबरको बोनस शेयर (करबाहेक) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ लगानीकर्ताले यो बोनस शेयर पाउन त्यसमा लाग्ने कर आफैँले तिर्नुपर्ने हुन्छ। यो हिसाबले कम्पनीले लगानीकर्तामाथि करिब सवा ५१ लाख रुपैयाँ करको भार थोपर्ने भएको छ।

Esewa
Crest

लाभांश पारित गर्न सीईडीबी हाइड्रोपावरले आउँदो असोज २१ गते साधारणसभा डाकेको छ। कम्पनीले बोनस शेयर वितरण गरेपछि कायम हुने चुक्तापुँजीको ५४.५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गर्दैछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ७ गते १ दिनका लागि बुकक्लोज गर्ने भएको छ। ययसको मतलब असोज ६ गतेसम्म कायम शेयरधनीले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS