काठमाडौं । आज शेयर बजारमा भारी अंकको बृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ७८ दशमलव १७ अंकले बढेर २,६८८ को विन्दुमा कायम भएको छ । आज २२९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त, ग्रिन भेञ्चर, स्र्टन हाइड्रोपावर र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।


















