IME Life New

कपिलवस्तुमा एनसेलको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनसेल कम्पनीले कपिलवस्तुको बाणगंगा नगरपालिका–४ स्थित ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा ३०० भन्दा बढी स्थानीयले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवा लिएको कम्पनीले जनाएको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा मुटु रोग लगायत अन्य रोगका विशेषज्ञहरूले बिरामीहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।शिविरमा ईसीजी, मधुमेह तथा रक्तचाप जाँच लगायतका सेवा प्रदान गरिएको थियो भने आवश्यकता अनुसार निःशुल्क औषधि समेत वितरण गरिएको जनाएको छ ।

Esewa
Crest

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका–३, फुलिका स्वास्थ्य चौकीमा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

कम्पनीले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने कम्पनीको कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले जानकारी दिइन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS