IME Life New

त्रिभुवन विमानस्थलमा खादा/माला ल्याउन प्रतिबन्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा वा माला ल्याउन र लगाउन प्रतिबन्ध लगाइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै खादा वा मालामा प्रतिबन्ध लगाएको हो। हवाई यात्रु तथा तिनका आफन्तलाई लक्षित गरी खादा वा माला नल्याउन कार्यालयले अपिल गरेको छ।

Esewa
Crest

हवाई यात्रुले लगाएर आउने खादा, माला वा झोलामा बाँधेर ल्याउने खादाले सुरक्षा जाँचका क्रममा विमानस्थलका सुरक्षा उपकरणमा गम्भीर क्षति पुर्याइरहेको कार्यालयले जनाएको छ। ‘यसले विमानस्थलको सौन्दर्यतामा पनि नकारात्मक असर पुगेको छ’, सूचनामा भनिएको छ, ‘खादा र माला एक्स–रे, कन्भेयर बेल्ट तथा स्केलेटरमा अड्किने गरेको र त्यसले उपकरणलाई गम्भीर क्षति पुर्याइरहेको छ।’

कार्यालयले टर्मिनल भवन प्रवेश दौरान सुरक्षा जाँचका समयावधिभर खादा र माला प्रयोग नगर्न पनि कार्यालयले आग्रह गरेको छ। हवाई यात्रुले खादा वा माला सँगै लानुपर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरी मात्र लगिदिन कार्यालयले आग्रह गरेको छ।

विमानस्थलस्थित आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य वा साथीभाइले बिदाइस्वरुप खादा वा माला लगाइदिने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

75%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS