IME Life New

नेपालकै ठूलो सूचना प्रविधि ह्याकाथोन कोडफेस्ट-२०२४ आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोड फर चेन्जले नेपालकै ठूलो सूचना प्रविधि क्षेत्रको ह्याकाथोनको रूपमा परिचित ‘कोडफेस्ट २०२४’ को तेश्रो संस्करण आयोजना गर्न लागेको छ। कोडफेस्ट २०२४ असोज २ देखि १३ गते सम्म प्रदेश स्तरमा र राष्ट्रिय स्तरको फाइनल असोज २९ देखि कार्तिक १ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।

‘कोडफेस्ट २०२४’मा सहभागी हुने विद्यार्थीहरूको समूहले दिगो विकासका सात वटा लक्ष्यहरूमा आधारित प्रविधिक समस्याहरूको समाधान विकास गर्नेछन्। कोडफेस्टमा गुड हेल्थ एण्ड वेल बीइङ्ग, क्वालिटी एजुकेशन, जेण्डर इक्युलिटि, ईण्डस्ट्रि इनोभेशन एण्ड इन्फ्रास्ट्रक्चर, स्मार्ट सिटीज, क्लाइमेट एक्सन, र पिस जस्टिस एण्ड स्ट्रोङ्ग इन्स्टिच्युसनका क्षेत्रका चुनौतीहरुको समाधान निकाल्न विद्यार्थीहरूलाई प्रोत्साहित गरिनेछ।

Esewa
Crest

ह्याकाथोनको पहिलो चरणमा असोज २ देखि १३ गतेसम्म सातै प्रदेशमा प्रदेश स्तरीय प्रतियोगिता हुनेछ, जसबाट २१ उत्कृष्ट टोलीहरू असोज २९ देखि कार्तिक १ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय फाइनलका लागि छनोट हुनेछन्। असोज २९,३० र कार्तिक १ गते काठमाण्डौमा हुने फाइनलमा २१ टिमले प्रतिस्प्रधा गर्नेछन।

प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो स्थानमा आउने टिमहरूले क्रमशः २ लाख र १ लाख रुपैयाँ जित्नेछन्। साथै, पिपल्स च्वाइस अवार्ड अन्तर्गत ३० हजार रुपैयाँ नगद पुरस्कारका साथै विभिन्न ग्याजेट्स, स्मार्टफोन, र अन्य गिफ्ट ह्याम्पर्स पनि प्रदान गरिने आयोजकले जनाएको छ।

कोडफेस्ट २०२४ विद्यार्थीहरूका लागि आफ्नो प्रविधिक ज्ञानलाई प्रदर्शन गर्ने र करियर सम्बन्धी ज्ञान लिने सुनौलो अवसर हुने आयोजकले विश्वास लिएको छ। ह्याकाथोनमा विद्यार्थीहरूबाट प्रस्तुत हुने उत्कृष्ट व्यावहारिक आईडियाहरूलाई इनक्युबेसन वा लगानीको अवसर समेत प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS