IME Life New

यी स्थानमा आज साढे ४ घन्टा विद्युत अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंका केही स्थानमामा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै केही स्थानमा भूमिगत प्रसारण लाइनमा काम गर्नुपर्ने भएकोले केही घन्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको हो। प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रमातहतका भूमिगत गरिएका प्रसारण लाइनमा आवश्यक काम गर्ने प्रयोजनका लागि विद्युत अवरुद्ध हुने भएको छ।

Esewa
Crest

महाबौद्ध फिडरअन्तर्गत पर्ने न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेसनभित्र, विशाल बजार अगाडि, गणेशस्थान, ट्रमा सेन्टरसम्मको केबल हेडसम्मको स्थानमा बिहान ६।३० देखि ११ बजेसम्म साढे ४ घन्टा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। रत्नपार्क बगैँचा, भोटाहिटी साझा भण्डार, असनचोक, बांगेमुढा, भेडासिंह, इन्द्रचोक, सुर्ज आर्केड, मसला गल्लीमोडसम्म पनि सोही समय सीमाभित्र विद्युत सेवा अवरुद्ध हुनेछ।

यसैगरी लैनचौर सबस्टेसनबाट लैनचौर चोक उपराष्ट्रपति कार्यालय, केशरमहल दरबारमार्ग ट्राफिक कार्यालय, पुरानो जय नेपाल हल, हात्तीसार चोक, काठमाडौँ प्लाजा, मेरियट होटल, नागपोखरी र नारायणचौरसम्म पनि बिहान ६ः३० देखि ११ बजेसम्म बिजुली काटिने प्राधिकरणले जनाएको छ। ती स्थानमा काम नलाग्ने पोल हटाउने तथा वितरण ट्रान्सफर्मरको मर्मतको काम गर्न लागिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS