IME Life New

हिमालय क्षेत्रमा वातावरण परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सेमिनार भदौ २८ बाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरुका सम्बन्धमा ३ दिने अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ।

भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका बारेमा नीति अनुसन्धान प्रतिष्ठान नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ।

Esewa
Crest

तीन दिन हुने सेमिनारमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरु सहभागि हुने सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए। कार्यक्रममा म्यानमारलगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिहरुले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असरसम्बन्धी विभिन्न प्रस्तुति दिनेछन्।

विभिन्न देशका विज्ञहरुको सहभागिता रहने कार्यक्रममा पच्चिस भन्दा बढी कार्यपत्रहरु प्रस्तुत हुनेछन्। कार्यक्रममा केही देशका विज्ञहरु पनि अनलाइनमार्फत जोडिनेछन् भने सेमिनारको अन्त्यमा काठमाडौं घोषणापत्र जारप् हुनेछ।

स्थानीय तथा परम्परागत ज्ञान, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरु बीचको नियमित संवाद र सहकार्यमार्फत साझा प्राकृतिक स्रोतसाधनहरुको समन्वयात्मक एवं समुन्नत सदुपयोग गरी यस क्षेत्रका सम्पूर्ण मानिसको साझा हित रक्षार्थ तीनदिने कार्यक्रम कोशेढुंगा हुने अपेक्षा गरिएको संयोजक लम्मालले बताए।

कार्यक्रमको उद्घाटनसत्र प्रकृति संरक्षण कोषको सभागृह, खुमलटार, ललितपुरमा भदौ २८ गते हुनेछ भने भदौ २९ र ३० गते प्राविधिक सत्रहरु सञ्चालन गरिने प्रतिष्ठानका उपाध्यक्ष डा. प्रेमराज न्यौपानेले जानकारी दिए।

सेमिनार नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (नेनाप), राष्ट्रिय प्रकृति संरक्षण कोष, एशियाली अनुसन्धान केन्द्र– त्रिभुवन विश्वविद्यालय, भारतीय सामाजिक विज्ञान अनुसंधान परिषद, भारतीय प्रबन्ध संस्थान शिलोंग, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) र क्लाइमेट एलायन्स अफ हिमालयन कम्युनिटिजको संयुक्त आयोजनामा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS