काठमाडौं । भदौ २५ गते मंगलबार नेप्से परिसूचक २६३२.९४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १३.०९ अंकले घटेको छ।
७ अर्ब २४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ७३ करोड ५९ लाखको कारोबार भएको छ। जसमा ३७ करोड ५ लाखको खरिद छ भने ३६ करोड ५४ लाखको बिक्री छ ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट ३५ करोड ४९ लाखको खरिद छ भने २८ करोड ७१ लाखको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।