GBIME
IME Life

बैंकहरुले सुधारे खुद निष्क्रिय कर्जा, कुनको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकहरुले कर्जा असुलीमा सुधार गरेको तथ्यांकले देखाएको छ। कुल निष्क्रिय कर्जा बढ्दै गए पनि अवस्था भने सुधारोन्मुख रहेको देखिएको छ।

आर्थिक वर्ष २०८०।८१ को असार मसान्तको विवरण अनुसार बैंकहरुको खुद निष्क्रिय कर्जाको अवस्था सुधारिएको र जोखिमपूर्ण नरहेको देखिएको हो। बैंकहरुले पर्याप्त मात्रामा कर्जा नोक्सानी व्यवस्था गरेकाले खुद निष्क्रिय कर्जा बढ्न पाएको छैन।

SKYWELL
Crest

पछिल्लो समय अर्थतन्त्रले विस्तारै गति लिँदै गएकाले कर्जा असुलीमा पनि सुधार हुन थालेको जानकारहरु बताउँछन्। कर्जा असुली हुँदै जाँदा निष्क्रिय कर्जा व्यवस्थापनमा बैंकहरुलाई दवाव कम पर्ने उनीहरुको बुझाइ छ।

अझ नयाँ सरकार बनेपछि लगानीको वातावरण सिर्जना भएको, निजी क्षेत्रको मनोबल बढेकोलगायतले समेत सकारात्मक सन्देश दिइरहेको उनीहरु बताउँछन्। असारसम्मको तथ्यांकले पनि बैंकहरु विस्तारै सहज बन्नेतर्फ लाग्न थालेको देखिएको छ।

सामान्यतया बैंकहरुले लगानी गरेको कर्जा जोखिममा जाँदा त्यसले बैंकको लगानी कति जोखिमपूर्ण रहेको छ भन्ने अवस्था खुद निष्क्रिय कर्जाले देखाउँछ। अर्थात् कुल निष्क्रिय कर्जामा बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजन हटाएर खुद निष्क्रिय कर्जा निकालिन्छ।

बैंकहरुको निष्क्रिय कर्जामा धितो सुरक्षण हुने भएकाले त्यस्तो सबै कर्जा जोखिममा रहँदैन। धितो नभएको अवस्थामा पनि बैंकहरुले कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याएको रकमले नधान्ने कर्जामात्रै खुद निष्क्रिय कर्जाका रुपमा रहन्छ। तथ्यांकले यस्तो कर्जा न्यूनमात्रै रहेको देखाएको हो। वाणिज्य बैंकहरुमा खुद निष्क्रिय कर्जा न्यून र गत चैत मसान्तको तुलनामा असारमा सुधारोन्मुख देखिएको छ।

राष्ट्र बैंकले पुस २०८० देखि वाणिज्य बैंकहरुको खुद निष्क्रिय कर्जा अनुपात तथ्यांक संकलन गरी प्रकाशित गर्न थालेको थियो। खुद निष्क्रिय कर्जा अनुपात न्यून हुनु भनेको बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गरेको छ भन्ने देखाउँछ।

२०८० असार मसान्तमा औसतमा २.९८ प्रतिशत रहेको वाणिज्य बैंकहरुको कुल निष्क्रिय कर्जा गत चैत मसान्तमा आउँदा ३.८९ प्रतिशत र असारमा ३.७६ प्रतिशत रह्यो। चैतको तुलनमामा असारमा यो केही सुधारोन्मुख हो।

आर्थिक वर्ष २०८०।८१ मा २० वाणिज्य बैंकमध्ये लक्ष्मी सनराइजको खुद निष्क्रिय कर्जा अनुपात सबैभन्दा धेरै १.९६ प्रतिशत छ। यो बैंकको कुल निष्क्रिय कर्जा भने ४.७२ प्रतिशत छ।

त्यस्तै कुमारी बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा ०.४८ प्रतिशत मात्रै छ। यसबाट बैंकले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गरेको देखिन्छ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत हुँदा बैंकको खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ। यस्तै हिमालयन बैंकको कुल निष्क्रिय कर्जा ४.९१ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा १.०४ प्रतिशत छ।

विभिन्न ८ वटा वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात ४ प्रतिशत र त्यसभन्दा माथि रहेको केन्द्रीय बैंकको तथ्यांक छ। बैंकहरुले सम्भावित कर्जा नोक्सानीका लागि पर्याप्त प्रोभिजन गर्दा खुद निष्क्रिय कर्जा भने कुनै पनि बैंकको २ प्रतिशत माथि छैन।

गत आर्थिक वर्षमा ७ वटा वाणिज्य बैंकको खुद निष्क्रिय कर्जा १ प्रतिशतभन्दा कम छ। २०८१ असार मसान्तमा नेपाल एसबीआई बैंकको खुद निष्क्रिय कर्जा सबैभन्दा कम ०.२ प्रतिशतमात्रै छ। यस बैंकको कुल निष्क्रिय कर्जा भने २ प्रतिशत रहेको छ।

यस्तै कुल निष्क्रिय कर्जा ०.७१ प्रतिशत रहेको एभरेस्ट बैंकको खुद निष्क्रिय कर्जा ०.२६ प्रतिशत छ। कुमारी बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा भने ०.४८ प्रतिशत मात्रै छ।

त्यस्तै सानिमा बैंकको कुल निष्क्रिय कर्जा १.७३ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.५१ प्रतिशत रहेको छ। नेपाल बैंककोे कुल निष्क्रिय कर्जा ३.२८ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.५९ प्रतिशत छ। २.२२ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको सिद्धार्थ बैंकको खुद निष्क्रिय कर्जा ०.७७ प्रतिशत छ।

त्यसैगरी स्ट्यान्डर्ड चार्टर्ड बैंकको कुल निष्क्रिय कर्जा २.१४ प्रतिशत रहेकोमा खुद निष्क्रिय कर्जा ०.९४ प्रतिशत, ४.९१ प्रतिशत कुल निष्क्रिय कर्जा रहेको हिमालयनको खुद निष्क्रिय कर्जा अनुपात १.०४ प्रतिशत छ। यस्तै प्रभु बैंकको कुल निष्क्रिय कर्जा ४.७८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.०७ प्रतिशत छ। नबिल बैंकको कुल निष्क्रिय कर्जा ३.८५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.१२ प्रतिशत रहेको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको कुल निष्क्रिय कर्जा ४.९५ प्रतिशत छ, तर खुद निष्क्रिय कर्जा १.२१ प्रतिशत छ।

यसैगरी राष्ट्रिय वाणिज्य बैंकको कुल निष्क्रिय कर्जा ३.६५ प्रतिशत र खुद निष्क्रिय कर्जा १.२५ प्रतिशत, एनएमबी बैंकको कुल निष्क्रिय कर्जा ३.२७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३३ प्रतिशत छ। कृषि विकास बैंकको कुल निष्क्रिय कर्जा ३.४४ प्रतिशत र खुद निष्क्रिय कर्जा १.३७ प्रतिशत र प्राइम कमर्सियलको कुल निष्क्रिय कर्जा ४.६७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.४५ प्रतिशत छ।

माछापुच्छ्रेको कुल निष्क्रिय कर्जा ४.६३ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५५ प्रतिशत तथा ग्लोबल आईएमईको कुल निष्क्रिय कर्जा ४.३७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५७ प्रतिशत छ। सिटिजन्स बैंकको कुल निष्क्रिय कर्जा ४.०७ प्रतिशत र खुद निष्क्रिय कर्जा १.५८ प्रतिशत रहँदा लक्ष्मी सनराइजको कुल निष्क्रिय कर्जा ४.७२ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात १.९६ प्रतिशत छ। एनआईसी एसियाको कुल निष्क्रिय कर्जा ३.४१ प्रतिशत र खुद निष्क्रिय कर्जा १.७९ प्रतिशत छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS