काठमाडौं । शेयर बजारमा सोमबार पनि भारी गिरावट आएको छ। नेप्से परिसूचक ५५.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा झरेको छ।
बजार घट्दा २२२ कम्पनीको शेयरभाउ घटेको छ भने २२ वटा कम्पनीको शेयरभाउ बढेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। सर्वाधिक गिरावट होटेल तथा पर्यटन समूहमा देखिएको छ।
आज ९ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी हाइड्रोपावरको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- सीईडीबी हाइड्रोपावरः ३७ करोड रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः २७ करोड ९४ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः २३ करोड ९२ लाख रुपैयाँ
- एचआईडीसीएलपीः २३ करोड १५ लाख रुपैयाँ
- अपी पावरः २१ करोड ४५ लाख रुपैयाँ
- गुडविल फाइनान्सः १९ करोड ९६ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १७ करोड ७ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः १६ करोड २० लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ९६ लाख रुपैयाँ
- शिवम सिमेन्टः १५ करोड ४३ लाख रुपैयाँ