IME Life New

बाराही हाइड्रोपावरले नवौं वार्षिक साधारणसभा असोज १८ गते गर्ने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बाराही हाइड्रोपावरले नवौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते शुक्रबार सभा गर्ने निर्णय गरेको हो । गौरव इभेन्ट्स स्युचाटार,काठमाडौंमा सभा बोलाएको हो। सो सभा बिहान ८ बजेदेशि शुरु हुनेछ ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ। सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सो सभाले पारित गर्नेछ।

Crest

त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते एक दिन बुकक्लोज गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS