IME Life New

के ओलीले सरकारी कर्मचारीको खाजा समय आधा घण्टा घटाएका हुन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी कार्यालयका कर्मचारीका लागि खाजाको समय कटौती गरिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत फेसबुक पेजमार्फत् घोषणा गरे । उनले एक घण्टाको समयलाइ कटौती गरेर आधा घण्टामा सीमित बनाइएको भन्दै खाजाको समय दिउँसो १ः३० देखि २ बजेसम्म तोकिएको घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सेवाग्राही सुविधाका लागि सरकारी कर्मचारीको खाजाको समय आफूले आधा घण्टा कटौती गरेको दाबी गरेका हुन् । उनले कर्मचारीले खाजाका लागि आधा घण्टाभन्दा बढी सेवा अवरूद्ध पारे हेल्लो सरकारमा गुनासो गर्न सर्वसाधारणसँग अनुरोध समेत गरेका छन् ।

Esewa
Crest

सस्तो लोकप्रियताका लागि चिनिएका प्रधानमन्त्री ओलीले खाजाको समय कटौती गरिएको घोषणा गर्नु ७ महिना अघि नै मन्त्री परिषदले खाजाको समय आधा घण्टा तोकि सकेको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल नेतृत्वको मन्त्री परिषदले खाजा समय आधा घण्टा निर्धारण गरेको हो । मन्त्री परिषदको निर्णयका आधारमा  २०८० माघ २९ गते नेपाल राजपत्र भाग ५ मा प्रकाशित २०८१ सालको चाडपर्व तथा बिदा सम्बन्धी सूचनामा सरकारी कार्यालयका कर्मचारीको खाजा समय दिउँसो १ः३० देखि २ बजेसम्म निर्धारण गरिएको छ।

खाजा समय आधा घण्टा भएपनि सरकारी कार्यालयका कर्मचारीले जबरजस्ती एक घण्टा खाजा समयमा बिताउने गरेका थिए । यस्तो हुँदा यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय,राजश्व कार्यालय, अध्यागमन विभाग, अस्पताल लगायतका सर्वसाधारणको अधिक भीड हुने कार्यालयका सेवाग्राहीलाई समस्या हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS