IME Life New

बुद्ध एयरको हवाई जहाज पोखरा विमानस्थलमै सन्तुलन गुमाएपछि यात्रुको लियो सातो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पोखराबाट काठमाडाैंका लागि शनिबार दिउँसो १ः०० बजे उडान भर्न लागेको बुद्ध एयरको एटिआर ७२ ५०० हवाई जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा पर्नबाट जोगिएको छ।

जहाजमा सवार यात्रुमध्येका गायक विष्णु खत्रीका अनुसार पूर्व निर्धारित समय तालिका अनुसार युफो ६१६ उडान नम्बरको जहाज धावनमार्गमा गति लिईसकेपछि पाइलटले एक्कासी ब्रेक लगाएका थिए । उच्च गतीमा रहेको विमान एक्कासी ब्रेक लगाउँदा जहाज केही समय असन्तुलित हुँदै स्थिर भयो। यो घटनापछि जहाजको इन्जिनमा खराबी देखिएको भन्दै यात्रुलाई जानकारी गराइएको थियो ।

Esewa
Crest
Buddha Air Flight No U4 616 Pokhara Kathmandu

धावनमार्गमै जहाज असन्तुलित भएपछि सबै यात्रू आत्तिएको गायक खत्रीले बताए । उनले अन्यभन्दा सुरक्षित मानिने हवाई यात्रामा समेत यस्तो असुरक्षित अवस्था हुनुले पुनः हवाइ मार्गबाट यात्रा गर्ने वा नगर्ने भन्ने सोच्न बाध्य बनाएको फेसबुक पेजमा उल्लेख गरेका छन् ।

बुद्ध एयरका अनुसार इन्जिनमा समस्या देखिएको जहाजबाट सबै यात्रुलाइ ओरालेर अर्को जहाजमार्फत् दिउँसो १ः४५ बजे पुनः काठमाडाैंका लागि उडान भरिएको थियो। दोश्रो जहाजबाट गरिएको उडान ३ः१६ बजे काठमाडाैं त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको थियो।

यसअघि गत साउन १८ गते काठमाडाैंबाट पोखराका लागि उडान भरेको उडा नम्बर ६५५ र कल साइन ९ एन एएमडीमा पनि प्राविधिक समस्या देखिएपछि विमानलाई काठमाडाैं नै फर्काइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

5%
happy

खुसी

37%
sad

दु :खी

0%
amazed

अचम्मित

11%
excited

उत्साहित

47%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS