IME Life New

माण्डु हाइड्रोपावरको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावरले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ २० गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार कम्पनीले चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको छ।

Esewa
Crest

प्रचलित कानुनबमोजिम कर कट्टी गरी नगद लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

प्रस्तावित लाभांश कम्पनीको १३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरेर शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

सोही बैठकले कम्पनीको १३ औँ वार्षिक साधारणसभा आउँदो असोज १४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाडौंको नयाँबजारस्थित नेपा बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ।

सोही सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरुले पाउनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ ३० गतेसम्म कायम शेयरधनीमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS