काठमाडौं । मोलुङ्ग हाईड्रोपावर कम्पनीले एकैपटक १४औं र १५औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभा गर्ने भएको हो । सभा आगामी असोज १८ गते शुक्रबार काठमाडौंको कीर्तिपुरस्थित बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि शुरु हुने कम्पनीको भनाई छ ।
सभाले कम्पनीको प्रबन्ध पत्रमा थपघट गर्ने, कम्पनीले उपयोग गरिरहेको कर्जा सुविधा कम ब्याजदर भएको बैंक तथा वित्तीय संस्थासँग सम्झौता गरी कर्जा स्वाप गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र संस्थापक समूहबाट चार जना र सर्वसाधारण समूहबाट एक जना महिला सञ्चालकको निर्वाचन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, सभाले वित्तीय विवरण सहितको आर्थिक वर्ष २०७९/०८० २०८०/०८१ को वार्षिक प्रतिवेदन,आर्थिक वर्ष २०७९र०८० २०८०र०८१ को लेखापरीक्षण प्रतिवेदन र सोही आवको वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाबलगायत अन्य विवरणहरु पारित गर्नेछ ।
यसका साथै सोही सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र सञ्चालक समिति गठन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । वार्षिक साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ ।
1725452834621