IME Life New

बरुण हाइड्रोपावरको वार्षिक साधारणसभा आह्वान, हकप्रद शेयर अनुमोदन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले २१ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ १९ गते बसेको बैठकले वार्षिक साधारणसभा असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।

Esewa
Crest

सभाले चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। कम्पनी सञ्चालक समितिको गत असार १२ गते बसेको बैठकले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। हाल कम्पनीको चुक्तापुँजी ५३ करोड ५८ लाख रुपैयाँ रहेको छ। हकप्रद जारीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ७ करोड १२ लाख रुपैयाँ पुग्नेछ।

सभाले लगानी, अन्य कम्पनीसँग मर्जरमा जानेलगायतका प्रस्ताव पनि पारित गर्नेछ। कम्पनीको नियमावली र प्रबन्धपत्रमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले स्वीकृत गर्नेछ।

सभाले आर्थिक वर्ष २०८०।८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब भदौ ३१ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा सहभागी लिन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS