IME Life
GBIME

सिन्धु विकास बैंकले माग्यो सीईओ

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले उक्त पदका लागि खुला प्रतिस्पर्धाका माध्यमबाट नियुक्त गर्न दरखास्तआह्वान गरेको हो ।

सो पदमा आवेदन दिँदा उम्मेदवारको पूर्ण व्यक्तिगत विवरण, शैक्षिक प्रमाणपत्र, लब्धांकपत्रका प्रतिलिपि तथा अपराधिक पृष्ठभुमि नदेखिएको प्रहरी प्रतिवेदन समेत समावेश गर्नुपर्ने छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेद दिनु पर्नेछ ।

Crest

वाणिज्य बैंकको सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा तीन वर्ष काम वा राष्ट्रियस्तरको विकास बैंकमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा ५ वर्ष वा जिल्ला तथा प्रदेश स्तरको विकास बैंक वा वित्त कम्पनीमा सहायक महाप्रबन्धक वा सोभन्दा माथिको पदमा कम्तिमा सात वर्ष काम गरेको हुनुपर्ने बैंकले जनाएको छ ।

सो पदका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने छ ।

 

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS