IME Life New

मुख्यसचिव-एफएनसीसीआई प्रतिनिधिमण्डल भेटः आर्थिक विकासका लागि नीतिगत सुधार र स्थायित्वमा जोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले नेपाल सरकारका नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँगको भेटमा पछिल्लो समय अर्थतन्त्रमा सुधार देखिए पनि तीव्र र दिगो बिकासका लागि नीतिगत सुधार र स्थायित्व आवश्यक रहेकोतर्फ ध्यानाकर्षण गराएको छ।

महासंघका अध्यक्षचन्द्र प्रसाद ढकालले सुधारका लागि गठन हुने उच्चस्तरीय आर्थिक सुधार आयोगले यसमा काम गर्नुपर्ने र महासंघले यसमा सघाउने बताए। ‘महासंघको आग्रहमानया चरणको सुधारकालागिआयोग गठन हुनु सकारात्मक छ’, उहाँले भने।

Esewa
Crest

यसैगरी निजी क्षेत्रको मर्यादाक्रमका लागि महासंघले आग्रह गरिरहेकोमा यसलाई सकारात्मक रुपमा लिन पनि मुख्यसचिव अर्यालसमक्ष अध्यक्ष ढकालले आग्रह गरे। यसैगरी सर्वसाधारण र व्यवसायीले सेवा लिने क्षेत्रमा सुधारका लागि प्रविधिको उपयोग बढाइ शुसासनको प्रत्याभूति दिलाउन पनि आवश्यक रहेको उनले औँल्याए।

निजी क्षेत्रलाई पनि अख्तियारले हेर्ने गरी कानुनहरु बनेकोतर्पm अध्यक्ष ढकालले मुख्यसचिव अर्यालको ध्यानाकर्षण गराउँदै यसले लगानी निरुत्साहित हुने भएकाले यो व्यवस्था हटाउन पहल गर्न पनि आग्रह गरे।

भेटमा मुख्यसचिव अर्यालले निजी क्षेत्रको महत्व आफूले बुझेको र लगानी प्रोत्साहित हुने गरी काम गर्ने प्रतिबद्धता जनाए।

भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले छिटोछिटो नीति परिवर्तन हुन नहुनेमा जोड दिए। उपाध्यक्ष हेमराज ढकालले अनधिकृत आयात रोक्न र उधारो उठाउनेसम्बन्धी कानुन निर्माण गर्न पनि सरकारले पहल गर्नुपर्ने धारणा राखे।

महासंघ कार्यसमितिले सोमबार मुख्य सचिवअर्यालसंग भेट गरेको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS