IME Life New

बजारमा सस्ता शेयर कुन-कुन छन् ? (रु. ३०० तलका शेयरको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता शेयर बजारमा भारी गिरावट आएको छ। चार दिनको कारोबारमा बजार परिसूचक नेप्से २२४.८९ अंकले घटेको हो।

यो साता बिहीबार नेप्से २७४९.५७ को विन्दुमा बन्द भएको छ। गत साता बिहीबार नेप्से २९७४.४६ को विन्दुमा बन्द भएको थियो। बजार सबै १३ वटै उपसमूहमा गिरावट आएको छ।

Esewa
Crest

बजार घट्दा यो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण घटेर ४३ खर्ब ६६ अर्ब ८८ करोड ६० लाख रुपैयाँमा झरेको छ। अघिल्लो साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख रुपैयाँ थियो। यो साताका लगानीकर्ताहरुको सम्पत्ति ३ खर्ब ५७ अर्ब १७ करोड ३२ लाख रुपैयाँले घटेको छ।

अहिले बजारमा सस्ता र राम्रा कम्पनीका शेयरमा लगानीकर्ताको नजर परिरहेको छ। यो साता बजार घट्दा केही कम्पनीको शेयरभाउ पनि ३०० रुपैयाँ तल झरेको छ। हाल बजारमा विभिन्न सेक्टरका ३२ वटा कम्पनीको शेयरभाउ ३०० रुपैयाँ मुनि रहेको छ।

यस्ता छन् शेयरभाउ रु. ३०० तलका रहेका कम्पनी

बैंकिङ समूह

  • सिटिजन्स बैंकः २४४ रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः २५२ रुपैयाँ
  • हिमालयन बैंक २६१ रुपैयाँ
  • कुमारी बैंकः २२८ रुपैयाँ
  • लक्ष्मी सनराइज बैंकः २५५.६० रुपैयाँ
  • माछापुच्छ्रे बैंकः २५३.५० रुपैयाँ
  • नेपाल बैंकः २९५ रुपैयाँ
  • नेपाल इन्भेस्टमेन्ट मेगा बैंकः २४६.७० रुपैयाँ
  • एनएमबि बैंकः २५८.८० रुपैयाँ
  • प्राइम कमर्सियल बैंकः २८६ रुपैयाँ
  • प्रभु बैंकः २५० रुपैयाँ

जलविद्युत समूह

  • आँखुखोला जलविद्युतः २२७ रुपैयाँ
  • दिव्यश्वरी हाइड्रोपावरः २४९ रुपैयाँ
  • ग्रीनलाइफ हाइड्रोपावरः २७५ रुपैयाँ
  • हिमालयन ऊर्जाः २४४ रुपैयाँ
  • माउन्टेन हाइड्रोः २९८ रुपैयाँ
  • पाँचथर पावरः २९७.१० रुपैयाँ
  • रिडी पावरः २५६ रुपैयाँ
  • सिंगटी हाइड्रोः २७४.९०
  • अरुण काबेली पावरः २६९ रुपैयाँ
  • घलेम्दी हाइड्रोः २३४ रुपैयाँ
  • हिमाल दोलखा हाइड्रोपावरः २२५ रुपैयाँ
  • खानीखोला हाइड्रोपावरः २९० रुपैयाँ
  • नेसनल हाइड्रोपावरः २३४ रुपैयाँ
  • पञ्चकन्या माई हाइड्रोपावरः २८३ रुपैयाँ
  • शिवश्री हाइड्रोः २३१.१० रुपैयाँ
  • युनियन हाइड्रोपावरः २८५ रुपयाँ
  • युनिभर्सल पावरः २८३ रुपैयाँ
  • अपर तामाकोशीः २३५.८० रुपैयाँ

लगानी समूह

  • निफ्राः २९६ रुपैयाँ
  • एचआईडीसीएलः २९४ रुपैयाँ
  • एचआईडीसीएलपीः १८४ रुपैयाँ (दोस्रो बजारमा कारोबार गर्न मिल्ने)

(नोटः यो कारोबारका लागि सिफारिस होइन। शेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। त्यसैले कम्पनीबारे अध्ययन गरेर मात्र लगानी गर्नुपर्छ।)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS