काठमाडौं । साहस ऊर्जाको २ करोड ८२ लाख कित्ता शेयरको लकइन अवधि आउँदो असोज १६ गतेपछि सकिने भएको छ।
कम्पनीको संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको गरी कुल २ करोड ८२ लाख १० हजार कित्ता शेयरको लकइन अवधि सकिने भएको हो। जसमा संस्थापकको २ करोड ४५ लाख कित्ता, आयोजना प्रभावित स्थानीयको ३५ लाख कित्ता र कर्मचारीको २ लाख १० हजार कित्ता रहेको छ।
साहस ऊर्जाले सर्वसाधारणलाई जारी गरेको आइपीओ २०७८ असोज १७ गते बाँडफाँट गरेको थियो। आइपीओ बाँडफाँट मितिले संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको शेयर ३ वर्ष लकइनमा राख्नुपर्ने नियम रहेको छ।
अब आउँदो असोज १६ गतेपछि लकइन खुलेपछि शेयर कारोबारमा आउनेछ।