काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३६ दशमलव ८३ अंकले घटेर २,७४९ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रसुवागढी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोका लगानीकर्ताले ८ दशलमव ४८ प्रतिशतका दरले कमाएका छन् ।