IME Life New

अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपालको एसजीएम सम्पन्न, अध्यक्षमा श्रेष्ठ निर्विरोध निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल सोल्टी, कालिमाटी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले अध्यक्षमा राजेशकाजी श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।

अध्यक्ष श्रेष्ठको नेतृत्वमा विभिन्न व्यावसायिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने पदाधिकारीहरु र कार्यसमिति सदस्यहरु निर्वाचित भएका छन् । जस अनुसार निवर्तमान अध्यक्षमा श्री सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ–संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीहरुको तर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल के.सी., इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एशोसियट कम्पनीहरुकोतर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्षमा राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा, रहेका छन् ।

Esewa
Crest

यसैगरी महासचिवमा नरेश प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुश प्रसाद मल्ली तथा सचिवमा रामशरण भण्डारी र रेखा घिमिरे पनि निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा भने क्रमशः ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मिन बहादुर गुरुङ, अर्जुन प्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देश बन्धु बस्नेत, पवित्र कुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लब पौडेल, दीपक कुमार श्रेष्ठ तथा पोषक राज पौडेल निर्वाचित भएका छन् ।

उक्त अवसरमा बोल्दै आइसीसी नेपालका नवनिर्वाचित अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसीसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र, एवं कानून निर्माता एवं विभिन्न व्यावसायिक संघहरुसित मिलेर समन्वयात्मक ढंगमा कार्य गर्ने बताए ।

साथै आइसीसी लगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरुको ध्यान नेपालमा लगानी प्रवर्द्धन गर्न तथा नेपालबाट निर्यात प्रवर्द्धनका साथै पर्यटन प्रवर्द्धन गर्नुका अतिरिक्त देशभित्र र वाहिर परिआउने व्यावसायिक विवादहरुको मध्यस्थताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिए ।

सबैका लागि शान्ति, समृध्दि र अवसरलाई बढावा दिन खुला अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रणालीलाई बढावा दिएर हरेक दिन हरेक व्यवसाय र हरेक क्षेत्रका व्यवसायका लागि कार्य गर्नु आइसीसीको मुख्य उद्देश्य रहेको छ । तटस्थता र स्वतन्त्रता आइसीसीका यस्ता निर्धारक क्षमताहरु हुन जसले विश्वभरिका नीति निर्माता र अन्तर्राष्ट्रिय संस्थाहरुसित सम्बन्ध विकास गर्न मद्दत गर्दछ । आइसीसीले विश्वव्यापीरुपमा सीमापार व्यापारका लागि ठूला र साना व्यवसायीहरुलाई दिने सेवा र सुविधा आफैमा एक मानक हुनाका साथै यसको परिचय बनेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS