IME Life New

नेप्सेमा आयो ‘बुल’, दसैँअघि उद्घाटनको तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्राँगणमा आज बुधबार साँढे (बुल)को प्रतिमा ल्याइएको छ।

ललितपुरको पाटनका नेपाली कालीगढाहरुले बनाएको साँढेको प्रतिमा नेप्सेको प्राँगणमा ल्याइएको हो।

Esewa
Crest

विश्वका स्टक एक्सचेन्जहरुमा साँढेको प्रतिमा राख्ने प्रचलन छ। नेपालको स्टक एक्सचेन्जमा भने पहिलोपटक साँढेको प्रतिमा स्थापना गर्ने तयारी गरिएको हो।

नेप्सेको पूर्वाधार निर्माण परियोजनाअन्तर्गत नै साँढेको प्रतिमा बनाउन लगाइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए। ‘यो परियोजना १ करोड ४८ लाख रुपैयाँ, त्यही बजेटभित्र साँढेको प्रतिमा पनि बनाउने काम भएको हो’, उनले भने।

दसैँअघिसम्म नेप्सेको प्रतिमा स्थापना र उद्घाटन हुने पराजुलीले जानकारी दिए। ‘अहिले प्रतिमा ल्याउने काममात्रै भएको हो, त्यसलाई राखेर फिनिसिङको काम दसैँ अघिसम्म सक्ने ठेकेदारले बताएका छन्’, उनले भने, ‘ठेकेदारले काम सकेपछि साँढेको प्रतिमा पनि स्थापना र उद्घाटन हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS