IME Life New

आर्थिक वर्षको पहिलो महिनामै रु. ४.१९ अर्बको विद्युत भारततर्फ निर्यात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिना साउनमै ४ अर्ब १९ करोड रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ।

नेपाल विद्युत प्राधिकरणले साउनमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गरी ४ अर्ब १९ करोड ३९ लाख २४ हजार रुपैयाँ आम्दानी गरेको छ। साउनमा दैनिक रुपमा १३ करोड ११ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ। साउनमा निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ८.५१ रुपैयाँ रहेको छ।

Esewa
Crest

गत आर्थिक वर्षमा भारतबाट १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत आयात गरिएको थियो। यही अवधिमा १७ अर्ब ६ करोड रुपैयाँको विद्युत् निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ८ वर्षअघिसम्म वर्षायाममा दैनिक ८–९ घन्टा र सुक्खायाममा १८ घन्टासम्मको लोडसेडिङ बेहेर्नुपर्ने अवस्थाको अन्त्य भई हाल वर्षायामका महिनाहरुमा देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत दैनिक रुपमा ७०० मेगावाटभन्दा बढी निर्यात गर्ने अवस्थामा आइपुगेको बताए। प्राकृतिक र प्राविधिक कारणले यदाकदा केही क्षण बत्ती जाने आउने गरे पनि अहिले मागअनुसार विद्युत् आपूर्ति गर्न नसकेर लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको उनले जिकिर गरे। ‘हाम्रो पहिलो प्राथमिकता देशभित्रको विद्युत् खपत बढाउने नै हो, खपत बढाउन प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका कार्यहरु अभियानकै रुपमा कार्यान्वयनमा लगिएको छ’, उनले भने, ‘आन्तरिक रुपमा खपत गरी अतिरिक्त भएको विद्युत् छिमेकी देश भारत र बंगलादेशलाई निर्यात गरिने छ।’

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम –एनभिभिएन) बिक्री गरिरहेको छ। एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।

प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम भारतीय बजारमा २८ वटा आयोजनाहरुबाट उत्पादित ९४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ। यसमध्ये एनभीभीएनमार्फत हरियाणा राज्यलाई थप दुई जलविद्युत आयोजनाबाट उत्पादित १२५.८९ मेगावाट बिक्री गरिने प्राधिकरणले जनाएको।छ हाल दुई आयोजनाहरुबाट उत्पादित १०९.६१ मेगावाट विद्युत् हरियाणा राज्यमा बिक्री हुँदै आएको छ।

१० जलविद्युत आयोजनाबाट उत्पदित १२५ मेगावाट विद्युत् मध्यकालीन सम्झौताबमोजिम पीटीसी भारतमार्फत बिहार राज्यमा निर्यात हुनेछ। बिहारलाई पहिलो पटक र हरियाणालाई थप विद्युत् निर्यातका लागि प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै निर्यात सुरु गरिनेछ।

हाल १४ आयोजनाबाट उत्पादित ५८०.८९ मेगावाट विद्युत् प्रतिस्पर्धी दरमा आईएक्समा बिक्री भइरहेको छ। केही दिनअघि स्वीकृति पाएको परिमाणको विद्युत् निर्यात सुरु भइनसकेकाले हाल आईएक्स र हरियाणालाई गरी दैनिक रुपमा ६९०.५० मेगावाट विद्युत् निर्यात भइरहेको छ। स्वीकृत परिमाणको १० प्रतिशत थप विद्युत् निर्यात गर्न सकिन्छ। त्यसैले हाल दैनिक रुपमा ७०० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS