GBIME
IME Life

शेयर बजारमा तपाइँ नयाँ लगानीकर्ता हुनुहुन्छ ? ‘सर्किट ब्रेकर’को व्यवस्थाबारे बुझ्नुहोस्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा उतारचढाव हुनु स्वाभाविक हो। शेयर जहिल्यै बढेको बढ्यै गर्दैन र घटेको घट्यै पनि गर्दैन। बजार आफ्नै लयमा चल्छ।

माग र आपूर्तिको सिद्धान्त चल्ने बजारमा विभिन्न नीतिगत व्यवस्था गरिएको हुन्छ। तिनै व्यवस्थामध्ये एक हो, शेयर बजारमा लाग्ने सर्किट ब्रेकर।

SKYWELL
Crest

हाल नेपालको शेयर बजारमा थुप्रै नयाँ लगानीकर्ता भित्रिएका छन्। कतिपय बुझेर बजार प्रवेश गरेका छन् भने कतिपय अरुले भनेकै भरमा बजार छिरेका छन्।

यिनै नयाँ लगानीकर्तामध्ये कतिपयलाई सर्किट ब्रेकरबारे जानकारी नभएको पनि हुन सक्छ। कारोबार समयमा बजारको बढाइ र घटाइलाई ध्यानमा राखेर नेपालको शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्था गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ चैत १२ गतेदेखि यो व्यवस्था लागू गरेको हो। यो व्यवस्थाबमोजिम तोकिएको सीमाभन्दा बजार घटेमा वा घटेमा कारोबार स्थगित गरिन्छ।

यस्ता छन् सर्किट ब्रेकर व्यवस्था

  • कारोबार सुरु भएको पहिलो घन्टामा नेप्से परिसूचक ४ प्रतिशतले बढेमा वा घटेमा २० मिनेट कारोबार स्थगित गरिन्छ।
  • कारोबार सुरु भएको दोस्रो घन्टामा नेप्से परिसूचक ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित गरिन्छ।
  • कारोबार सुरु भएको तेस्रो घन्टामा नेप्से परिसूचक ६ प्रतिशतले बढेमा वा घटेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिन्छ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS