IME Life New

शेयर बजारमा तपाइँ नयाँ लगानीकर्ता हुनुहुन्छ ? ‘सर्किट ब्रेकर’को व्यवस्थाबारे बुझ्नुहोस्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजारमा उतारचढाव हुनु स्वाभाविक हो। शेयर जहिल्यै बढेको बढ्यै गर्दैन र घटेको घट्यै पनि गर्दैन। बजार आफ्नै लयमा चल्छ।

माग र आपूर्तिको सिद्धान्त चल्ने बजारमा विभिन्न नीतिगत व्यवस्था गरिएको हुन्छ। तिनै व्यवस्थामध्ये एक हो, शेयर बजारमा लाग्ने सर्किट ब्रेकर।

Esewa
Crest

हाल नेपालको शेयर बजारमा थुप्रै नयाँ लगानीकर्ता भित्रिएका छन्। कतिपय बुझेर बजार प्रवेश गरेका छन् भने कतिपय अरुले भनेकै भरमा बजार छिरेका छन्।

यिनै नयाँ लगानीकर्तामध्ये कतिपयलाई सर्किट ब्रेकरबारे जानकारी नभएको पनि हुन सक्छ। कारोबार समयमा बजारको बढाइ र घटाइलाई ध्यानमा राखेर नेपालको शेयर बजारमा सर्किट ब्रेकरको व्यवस्था गरिएको छ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ चैत १२ गतेदेखि यो व्यवस्था लागू गरेको हो। यो व्यवस्थाबमोजिम तोकिएको सीमाभन्दा बजार घटेमा वा घटेमा कारोबार स्थगित गरिन्छ।

यस्ता छन् सर्किट ब्रेकर व्यवस्था

  • कारोबार सुरु भएको पहिलो घन्टामा नेप्से परिसूचक ४ प्रतिशतले बढेमा वा घटेमा २० मिनेट कारोबार स्थगित गरिन्छ।
  • कारोबार सुरु भएको दोस्रो घन्टामा नेप्से परिसूचक ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित गरिन्छ।
  • कारोबार सुरु भएको तेस्रो घन्टामा नेप्से परिसूचक ६ प्रतिशतले बढेमा वा घटेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS