IME Life New

आज एकैदिन शेयर लगानीकर्ताले गुमाए पौने २ खर्ब रुपैयाँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ताले आज एकैदिन पौने २ खर्ब रुपैयाँ गुमाएका छन्। शेयर बजारमा आज पहिरो जाँदा लगानीकर्ताले १ खर्ब ७७ अर्ब ८२ करोड ९७ लाख रुपैयाँ गुमाएका हुन्।

शेयर बजार परिसूच आज नेप्से १११.९६ अंकले घटेर २७८२.६० को विन्दुमा झरेको छ। बजार घट्दा होटेल तथा पर्यटन समूहबाहेक अन्य सबै समूह घटेको छ। होटेल समूह भने ०.४३ प्रतिशतले बढेको छ।

Esewa
Crest

बजार घट्दा नेप्सेको कुल बजार पुँजीकरण पनि घटेर ४४ खर्ब १९ अर्ब ३५ करोड ६२ लाख रुपैयाँ झरेको छ। आइतबार कुल बजार पुँजीकरण ४५ खर्ब ९७ अर्ब १८ करोड ५९ लाख रुपैयाँ थियो । यो हिसाबले लगानीकर्ताको सम्पत्ति आज एकैदिन पौने २ खर्ब रुपैयाँ बढीले घटेको हो।

बजारमा आज १८ अर्ब ६४ करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS