IME Life
GBIME

चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पोखरेल पुनःचयन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनबाट टंक प्रसाद पोखरेल दोस्रो कार्यकालका लागि चयन भएका छन् । प्रदेशको दोस्रो अधिवेशनबाट पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । लुम्विनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जे.पी. कंडेल, वस्तुगततर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ट एवं एशोसिएट तर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै, महासचिबमा शिव ज्ञवाली, सचिबमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिम बहादुर खत्री चयन भएका छन् । सदस्यहरुमा युबराज न्यौपाने, जय प्रकाश गुप्ता, कमला पराजुली, सुकदेब बेल्बासे, तेज बहादुर बुढा, नुरुद्दिन शाह, मन्जु भुसाल, यज्ञस्वर श्रेष्ठ, सिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेश प्रसाद पोख्रेल, कोष बहादुर गुरुङ्ग र शंकर गौतम चयन भएका छन्। दोस्रो महाधिवेशनले आगामी तीन वर्षका लागि सर्वसम्मत रुपमा कार्यसमिति चयन गरेको हो ।

Crest

प्रदेश अधिवेशनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कृषि क्षेत्रको विकास नभएसम्म आर्थिक समृद्धि हासिल गर्न नसकिने बताए । कृषिको आधुनिकीकरण एवं युवाहरुलाई कृषि पेशामा आर्कषित गर्न राज्यले लगानी गर्नुपर्ने आचार्यको धारणा छ ।

अधिवेशनलाई सम्वोधन गर्दै चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले स्थानीय कृषि उपजहरुको बजारीकरण गर्नुपर्ने बताए ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS