IME Life New

शेयर बजारमा भारी अंकको करेक्सन आउँदा कति घट्यो लगानीकर्ताको सम्पत्ति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा भारी अंकको करेक्सन आएको छ। यो दिन नेप्से परिसूचक ७९.८८ अंकले घटेर २८९४.५७ को विन्दुमा झरेको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये लघुवित्त समूहमात्रै बढेको छ। अन्य १२ वटा समूह ओरालो लागेको छ।

Esewa
Crest

यो दिन १८५ वटा कम्पनीको शेयरभाउ घट्दा ५९ वटाको मात्रै बढेको छ। आज विन नेपाल लघुवित्त, उपकार लघुवित्त, आत्मनिर्भर लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको शेयरभाउमा सकारात्मक सर्किट लागेको छ भने अपी पावरको सर्वाधिक कारोबार भएको छ।

आज बजारमा करिब सवा २० अर्ब रुपैयाँको कारोबार भएको छ। नेप्सेको कुल बजार पुँजीकरण घटेर ४५ खर्ब ९७ अर्ब १८ करोड ५९ लाख रुपैयाँमा झरेको छ। गत साता बिहीबार नेप्सेको कुल बजार पुँजीकरण ४७ खर्ब २४ अर्ब ५ करोड ९३ लाख रुपैयाँ थियो। यो हिसाबले आज एकैदिन लगानीकर्ताको सम्पत्ति १ खर्ब २६ अर्ब ८७ करोड ३३ लाख रुपैयाँले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS