IME Life

आरती पावरले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य रु. १ सय रुपैयाँ दरको ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच शेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । भदौ गते बिहिबारका दिन आरती पावर कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खुर्सानीटार, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा आरती पावर कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी अध्यक्ष भरत बहादुर खत्री र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

Prabhu
Crest

वि.सं. २०७२ सालमा प्रा.लि. को रुपमा दर्ता भई वि.संं.२०८० सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस कम्पनीको अधिकृत पूँजी १ अर्व ४० करोड रुपैयाँ, जारी पूँजी पनि १ अर्व ४० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ०४ करोड रहेको यस कम्पनीले ३६ करोड रुपैयाँ बरावरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । माथिल्लो इर्खुवा जलविद्युत आयोजना कोशी प्रदेश को भोजपुर जिल्लामा अवस्थित छ । आयोजना क्षेत्र भोजपुरको प्रमुख ऐतिहासिक सहर मध्येको एक डिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्दछ ।

आयोजना स्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्दछ । परियोजनाको मुख्य संरचना जस्तै हेडवर्क, सर्ज ट्यांक र पावरहाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ । १४.५ मे. वा. को क्षमता भएको यो आयोजना राष्ट्रिय प्रशारण लाइनमा जोडिइ यथाशक्य चाडो विद्युत वितरण कार्य गरिने योजना रहेको छ । यस कम्पनीमा हाइड्रो क्षेत्र लगायत अन्य विभिन्न क्षेत्रमा अनुभव प्राप्त प्रतिष्ठित व्यक्तिहरुको लगानी रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS