IME Life New

नबिल बैंकमार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयर बर्ड जित्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नमस्ते पे ले नबिल बैंकमार्फत नमस्ते पे वालेटमा ब्यालेन्स लोड गर्दा स्मार्ट वाच र इयर बर्ड जित्ने नयाँ अफर शुरु गरेको छ । यो अफर आज भदौ ७ गतेदेखि भदौ २१ गतेसम्म मान्य हुनेछ ।

प्रयोगकर्ताहरूले आफ्नो नमस्ते पे वालेटमा नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत् ब्यालेन्स लोड गर्न सक्नेछन्। साथै लक्की ड्रमार्फत् एक भाग्यशाली प्रयोगकर्ताले स्मार्ट वाच र दुई भाग्यशाली प्रयोगकर्ताहरूले इयर पड जिन सक्नेछन्।

Esewa
Crest

यो अफरमा सहभागी हुनका लागि प्रयोगकर्ताहरूले नबिल बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरेर नमस्ते पे वालेटमा ब्यालेन्स लोड गरि अफर अवधिभर बैंक ट्रान्सफर र वालेट टु वालेट ट्रान्सफर बाहेक कुनै पनि सेवाको कम्तिमा एक पटक भुक्तानी गरेको हुनुपर्ने कम्पनीले बताएको छ ।

नमस्ते पे नगदरहित समाज सृजना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड द्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS