IME Life New

नयाँ सरकार गठनसँगै शेयर बजारमा उल्लेख्य सुधार भएको छः प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको छोटो अवधिमै शेयर बजारमा उल्लेख्य सुधार भएको बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो धारणा राखेका हुन्। उनले शेयर बजारसँगै अर्थतन्त्रमा सकारात्मक नतिजाहरु देखा पर्न थालेको दाबी पनि गरे। ‘गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजश्व परिचालन र पुँजीगत खर्चमा वृद्धि भएको छ’, उनले भने, ‘घरजग्गा कारोबार क्रमशः वृद्धि हुँदै गएको र पुँजीबजारमा उल्लेखनीय सुधार आएको छ। निजी क्षेत्रमा लगानी गर्ने मनोबलसहित उत्साह देखिएको छ।’

Esewa
Crest

सरकारले जनतामा रहेको निराशा हटाउँदै राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।

‘राजनीतिमा अस्थिरता र जनतामा निराशा राखेर हामी ती काम पूरा गर्न सक्दैनौँ’, उनले भने, ‘ठूला दल एमाले र कांग्रेस मिल्नुपर्ने कारण यही हो। भ्रष्टाचारजन्य गतिविधिलाई निर्मूल पार्न हामीले लिएको शून्य सहनशीलताको नीति मौखिक प्रतिबद्धता या देखावटी होइन। हामीले भ्रष्टाचार नियन्त्रण गर्ने कामलाई क्षणिक प्रचारबाजीको विषय बनाएर होइन, नियन्त्रणका कानुनी प्रक्रिया अपनाएरै टुंगोमा पुर्याउनुपर्छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS