IME Life New

स्मार्ट एप्लाएन्सेस र ॐ हस्पिटलबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले स्वच्छ खानेपानीका लागी सहकार्य गर्ने सहमति गरेका छन्। दुबै कम्पनीले हस्पिटलको बिरामी प्रतिक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाका लागि सहकार्य गर्ने सहमति गरेका हुन्।

केएल दुगड ग्रूप अन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारासहित आगामी दिनहरुमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरुसँग सहकार्यगरी निःशुल्क लिभप्युअर आरओ ड्रिङ्किङ वाटर सिस्टम जडान गर्ने योजना बनाएको बताएको छ।

Esewa
Crest

उक्त कम्पनीका डेपुटी सेल्स म्यानेजर कमल कडेलका साथै मार्केटिंग एक्जुकेटिव विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत बीच नर्सिङ डाइरेक्टर उमा श्रेष्ठसमेतको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

कम्पनीले थप तीन वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरि अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपिन जङ्गमले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS