IME Life New

नेसनल फन्ड म्यानेजमेन्टको पौने १२ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेसनल फन्ड म्यानेजमेन्टको पौने १२ लाख अवितरित हकप्रद शेयर भदौ १३ गतेबाट बिक्रीमा राखिने भएको छ।

कम्पनीले गत असार १९ गतेदेखि साउन २२ गतेसम्म चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो। कम्पनीले अंकित मूल्य ५० रुपैयाँमा ५४ लाख कित्ता शेयर बिक्री खुला गरेको थियो। त्यतिबेला बिक्री नभएको ११ लाख ७२ हजार कित्ता शेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउन लागेको हो।

Esewa
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५० रुपैयाँमा ५० रुपैयाँ प्रिमियम थप गरी १०० रुपैयाँ कायम गरिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। यसमा हाल कायम संस्थापक शेयरधनीका साथै योग्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम २० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा कुनै हद नलाग्ने कम्पनीले जनाएको छ।

यो शेयर खरिदका लागि भदौ २० गतेसम्म बोलपत्र पेस गर्न सकिन्छ। बोलपत्र काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटलमा बुझाउन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS