काठमाडौं । भदौ ५ गते बुधबार नेप्से परिसूचक २९६८.४४ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक २.११ अंकले बढेको छ।
१८ अर्ब ९० करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट २ अर्ब ६८ करोड २९ लाखको कारोबार भएको छ जसमा १ अर्ब ३८ करोड ९६ लाखको खरीद छ भने १ अर्ब २९ करोड ३२ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४५ बाट १ अर्ब १२ करोड ८६ लाखको खरीद छ भने ७९ करोड ९५ लाखको विक्री छ ।
आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ४ ब्रोकरले खरिद धेरै गरेका छन् ।