IME Life New

एक वर्षमा ५ कम्पनीलाई कारबाही गरेर धितोपत्र बोर्डले तिरायो रु. ११ लाख ५० हजार जरिवाना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले गत आर्थिक वर्ष २०८०।८१ मा नियम मिच्ने ५ कम्पनीमाथि कारबाही गरेको छ। ती कम्पनीलाई धितोपत्र बोर्डले ११ लाख ५ हजार रुपैयाँ जरिवाना पनि गरेको छ।

गत वर्ष साउन ११ मा धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन,२०७६ को दफा १८(१) को व्यवस्थाको परिपालना नगरेकोले सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाललाई कारबाही गरेको थियो। यो कम्पनीलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७फ.को उपदफा (१) को खण्ड (ख) बमोजिम धितोपत्र बोर्डले १० लाख रुपैयाँ जरिवाना गरेको थियो।

Esewa
Crest

सोही मितिमा धितोपत्र बोर्डले श्रीकृष्ण सेक्युरिटिजलाई पनि कारबाही गरेको थियो। यो कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २६ को उपनियम (३) मा भएको व्यवस्था उल्लंघन गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) मा भएको व्यवस्थाविपरीत शेयर हस्तान्तरण गरेको धितोपत्र बोर्डले ठहर गरेको थियो। जसअनुसार कम्पनीलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

यसैगरी गत वर्ष साउन २१ गते धितोपत्र बोर्डले नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई कारबाही गरेको छ। क्यापिटलको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासित सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वसाधारण शेयरको कर्मचारीलाई छृट्याएको शेयर बाँडफाँडका क्रममा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को दफा २८ र दफा ३२ बमोजिम विस्तृत विवरण बोर्डमा पस नगरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७६ बमोजिमको व्यवसायिकस्तर पालना गरेको नदेखिएको धितोपत्र बोर्डले ठहर गरेको थियो। यो कम्पनीलाई भने धितोपत्र बोर्डले सचेतमात्रै गराएको थियो।

धितोपत्र बोर्डले गत वर्ष साउन ३२ गते त्रिशक्ति सेक्युरिटिज पब्लिकलाई पनि कारबाही गरेको थियो। धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम २६ को उपनियम (३) मा भएको व्यवस्था उल्लंघन गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ को नियम ३८ को उपनियम (१क) तथा सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ को दफा १४ को उपदफा (६) मा भएको व्यवस्थाविपरीत शेयर कारोबार गराएको देखिएको धितोपत्र बोर्डले ठहर गरेको थियो। यो कम्पनीलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो।

गत वर्ष असोज ४ गते धितोपत्र बोर्डले क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३४ को उपनियम (२) मा भएको व्यवस्थाविपरीत केयर रेटिङ्गस् नेपालले आफ्नो मुख्य शेयरधनी सम्बद्ध कम्पनीहरुको रेटिङ गरेकोले धितोपत्र ऐन, २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम ५० हजार रुपैयाँ जरिवाना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS