IME Life

विश्वका यी ३ गभर्नरले पाए ‘ए प्लस’ ग्रेड, क-कसले पाए ‘ए’ र ‘ए माइनस’ ? (सूचीसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छिमेकी मुलुक भारतका शक्तिकान्त दाससहित विश्व ३ गभर्नरले यसपालि पनि शीर्ष बैंकरको सूचीमा पर्न सफल भएका छन्।

ग्लोबल फाइनान्स म्यागजिन सार्वजनिक गरेको २०२४ को ग्लोबल फाइनान्स सेन्ट्रल बैंकर रिपोर्टले ‘ए प्लस’ ग्रेड दिँदै शक्तिकान्त दाससहित विश्वका ३ गभर्नरलाई शीर्ष स्थानमा राखेको हो। दाससहित डेनमार्कका गभर्नर क्रिस्टियन केट्टेल थोम्सन र स्विट्जरल्यान्डका थोमस जोडर्नले पनि ए प्लस ग्रेड पाएका छन्।

Prabhu
Crest

वर्ष २०२३ मा पनि ए प्लस ग्रेड पाउँदै दास, जोडर्न र भियतनामका गभर्नर नग्युन थाई हङ शीर्ष स्थानमा थिए।

यसैगरी वर्ष २०२४ मा ए ग्रेड पाउने गभर्नरहरुमा ब्राजिलका रोबटो कम्पोस नेटो, चिलीका रोसन्ना कोस्टा, मरिससका हार्भेस कुमार सिगोलम, मरक्कोका अब्देलातिफ जौहरी, दक्षिण अफ्रिकाका लेसेट्जा कङ्यागो, श्रीलंकाका नन्दलाल वीरसिंघे र भियतनामका नग्युन थाई हङ छन्।

ग्लोबल फाइनान्स म्यागजिनका अनुसार उसले दिने ग्रेडहरु मुद्रास्फीति नियन्त्रण, आर्थिक विकास लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताका लागि ‘ए’ देखि ‘एफ’ को ग्रेडमा आधारित छन्। ‘ए’ ले उत्कृष्ट कार्यसम्पादन र ‘एफ’ले पूर्ण असफलतालाई जनाउँछ। म्यागजिनले अहिले ए प्लस, ए र ए माइनस ग्रेड पाउने गभर्नरको सूचीमात्र सार्वजनिक गरेको छ।

यी हुन् ए माइनस ग्रेड पाउने गभर्नर

  • कम्बोडियाः ची सेरी
  • क्यानडाः टिफ म्याकलेम
  • कोस्टा रिकाः रोजर म्याड्रिगल लोपेज
  • डोमिनिका रिपब्लिकः हेक्टर भल्डेज अल्बिजु
  • युरोपियन युनियनः क्रिस्टाइन लागार्दे
  • ग्वालेमालाः अल्भोरा गोन्जालेज रिची
  • इन्डोनेसियाः पेरी वार्जियो
  • जमैकाः रिचर्ड बाइल्स
  • जोर्डनः अदेल अल शार्कास
  • मंगोलियाः ब्याड्रान ल्खाग्वासुरेन
  • नर्वेः अल्द ओल्डेन बच
  • पेरुः जुलियो वेलार्डे फ्लोरेस
  • फिलिपिन्सः एली रेमोलोना
  • स्विडेनः एरिक थेडीन
  • संयुक्त राज्य अमेरिकाः जेरोम हेडेन पोवे

ग्लोबल फाइनान्सको वार्षिक सेन्ट्रल बैंकर रिपोर्ट कार्डले मौलिकता, सिर्जनात्मकता र दृढताका माध्यमबाट आफ्ना सहकर्मी बैंकहरुलाई उत्कृष्ट प्रदर्शन गरेका बैंक गभर्नरहरुलाई सम्मान गर्छ। सेन्ट्रल बैंकर रिपोर्ट कार्ड अमेरिकाको ग्लोबल फाइनान्स म्यागजिनमा सन् १९९४ देखि वार्षिक रुपमा प्रकाशित हुँदै आएको छ। यसमा १०१ देश, क्षेत्र र जिल्लाका केन्द्रीय बैंकका गभर्नरलाई वर्गीकरण गरिएको छ। यसमा युरोपेली संघको बैंक, पूर्वी क्यारिबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी राज्यहरुको बैंक र पश्चिम अफ्रिकी राज्यहरुको केन्द्रीय बैंक समावेश छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS