IME Life New

रेन्बो डिस्टिलरीले आइपीओ निष्काशन गर्ने, कर्पोरेट एडभाईजरीका लागि गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लुम्बिनी प्रदेशका भैरहवामा १५ वर्षदेखि सञ्चालनमा रहेको उच्चस्तरीय मदिरा उत्पादन कम्पनी रेन्बो डिस्टिलरीले आधुनिक प्लान्टसहित व्यवसाय वृद्धिका लागि पुँजीवृद्धि गर्दै आइपीओ जारी गर्ने भएको छ।

कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाइजरी सेवाअन्तर्गत रोड टु आइपीओे योजनासम्बन्धी सम्झौता गरेको छ। सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र रेन्बो डिस्टिलरीका अध्यक्ष मीनराज भुसालले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

एलिट क्यापिटलले ‘रोड टु आइपीओ’ योजनाअन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पब्लिक कम्पनीमा रुपान्तरण, पुँजीवृद्धि र व्यावसायिक प्रबर्द्धनमा परामर्श सेवा दिँदै आइरहेको छ।

रेन्बो डिस्टिलरीले १० करोड चुक्तापुँजीलाई सतप्रतिशत वृद्धि गरी पव्लिक कम्पनीमा रुपान्तरण हुने जनाएको छ। एलिटले रेन्बोलाई चुक्तापुँजी वृद्धि, व्यवसाय विस्तार, वित्तीय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ। यसबाहेक आइपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक र अन्डरराइटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ।

हाल १० करोड चुक्तापुँजी रहेको यस कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीवृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन सुरु गरिँदैछ। यसका लागि कम्पनीले आफ्नै जग्गामा नयाँ भवन र प्लान्टसमेत जडान गरिरहेको छ। पुँजीवृद्धिपछि कम्पनीले पब्लिक कम्पनीमा रुपान्तरण भई आइपीओ जारी गर्ने योजना बनाएको कम्पनीका अध्यक्ष भुसालले जानकारी दिए।

रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा कम्पनीले ३० यूपीमा प्रेस्टिज भोड्का, ४० यूपीमा भिक्टा, टकिला र खुर्पा र ५० यूपी र ७० यूपीका सोफी, स्मुच, इडेन प्रिमियम, पिकनिक र अरेन्जलगायत २ दर्जन ब्रान्डका आधुनिक मदिरा उत्पादन गरिरहेको छ। कम्पनीले उच्चस्तरीय ब्रान्डको २५ यूपीको ह्विस्की उत्पादन गरेर विदेश निर्यात गर्ने योजना पनि बनाएको छ।

हालसम्म नेपालको शेयर बजारमा मदिराजन्य उद्योग एउटामात्र सूचीकृत भएको छ। त्यसैले मुनाफाजन्य उद्योगका रुपमा रहेको रेन्बो डिस्टिलरीलाई पब्लिक कम्पनी बनाई आइपीओ जारी गर्न लागिएको कम्पनीका सञ्चालक प्रकाश भुसालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS